शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

हिमालयन बैंकको शाखा सिन्धुलीको खुर्कोटमा

बुधबार, पुष ९ २०७६

काठमाडौं (जस)–हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुलीको खुर्कोटस्थित गोलान्जोर ७मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच गरे । सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले देशको राजधानी काठमाडौंलाई तराई मधेशसँग जोड्ने वीपी राजमार्गको मध्य भाग तिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गरे । उनले बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त पनि व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार