आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री ओली र देउबाबीच भेट, के–के भयो कुराकानी ?

बुधबार, पुष ९ २०७६

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबी भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्ने देउवा मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पनि सँगै थिए । सत्तारुढ दलका दुई अध्यक्षसहित प्रतिपक्षी दलका नेताले समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गरेका थिए । यो भेट नियमित भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीचको भेटमा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार