काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि भारतका राजदूत मंजीभ सिंह पुरीले बिदाई भेट गरेका छन् । पुरीले मंगलबार राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । सो अवसरमा भारत र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।
यसअघि पुरीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बिदाई भेट गरेका थिए । ार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ । उनी केही दिनपछि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतले पुरीको ठाउँमा कसलाई नयाँ राजदुत बनाएर पठाउछ भन्ने बारेमा अझै औपचारिक जानकारी दिएको छैन ।