आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पुस १० मा नयाँ मिष्टर नेपाल छानिने

मंगलबार, पुष ८ २०७६

काठमाडौं(जस)–नयाँ मिष्टर नेपाल अर्थात ‘मिष्टर नेपाल २०१९’ यही पुस १० गते बिहिबार छानिदैछ । राजधानीको होटल अन्नपुर्णमा एक भब्य समारोहका बिच छानिने मिष्टर नेपाल प्रतियोगीतामा २२ युवा प्रतियोगी शिर्ष उपाधिका लागि भिड्दैछन् । आइतबार हिमालयन इन्टरनेशनल ह्वाइट हाउस कलेज सिंहदरबारमा प्रतियोगिताको ट्यालेन्ट, प्रि–जजमेन्ट र फिजिक्स राउण्ड आयोजना भएको थियो । सो अवसरमा सबै प्रतियोगीताले लोक तथा आधुनिक गीतमा नृत्य, गायन, अभिनय, वक्तृत्वकला, उद्घोषण लगायत आफुमा रहेको बिभिन्न प्रतिभा देखाएका थिए ।
हरि के सुवाल (सिए), रमिता श्रेष्ठ (ब्युटिसियन), बिकल्प राज श्रेष्ठ (मिष्टर नेपाल २०१८), सुरेस देवा, महेश केसी, सुशिल पाण्डे (निर्देशक एक्सपोज नेपाल)लगायत यो चरणमा निर्णायकमा रहेका थिए । प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी एक्सपोज नेपाल डटकमकी सिइयो अर्चना थापाले दिइन् । प्रतियोगीतामा शिर्ष उपाधि मिष्टर वल्र्ड नेपाल सहित मिष्टर नेपाल युनिभर्सल एबेसडर, मिष्टर नेपाल म्यान अफ द इयर, मिष्टर नेपाल मेन इन्टरनेशनल, मिष्टर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेनट र स्पोट विधामा बिजेता छानिने छ ।
काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरबाट छानिन सफल प्रतियोगीहरु अन्तिम स्प्रर्धाका लागि कोरियोग्राफर दिक्पाल कार्की सहित अन्य धेरै प्रशिक्षकबाट स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, ग्रुमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा खारिएका छन् । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य मिष्टर नेपालको रहेको छ । बिजेताले शिर्ष उपाधिका अलवा नगदसहित विभिन्न उपहार र अवसर प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार