आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

यूनियन लाईफ इन्स्योरेन्स एजीएम सम्पन्न

सोमबार, पुष ७ २०७६

काठमाडौं(जस)–यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४र०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४र०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ । यसै गरी आ.ब. २०७५र०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।
साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपिओ निष्काशनका लागि यस अघि २०७४र०७र१५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए । यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बिमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउंदै कम्पनीलाई बिमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराए । कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पहँुच कायम गर्न सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार