आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गोरखा पुगेर भीमसेन थापाको शालिक अघि पर्यटनमन्त्रीले गरे देश जोगाउने बाचा

आइतबार, पुष ६ २०७६

गोरखा / संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले भीमसेन थापाले योगदान गरेर बनाएको मूलूक जोगाउन पालो अब नयाँ पुस्तामा आएको बताएका छन । गोरखाको पिपलथोकमा स्थापना गरेको राष्ट्रिय विभूति एवं मुख्तियार भीमसेन थापाको शालिकको शनिवार अनावरण पछि पर्यटन मन्त्री भट्टराईले थापाको व्यक्तित्व र आकृतिको वर्णन गर्दै भने –“किताबमा देखेको भीमसेन थापा लाई एकदमै आत्मसम्मानका साथ खडा भइरहेको वहाँको प्रतिमामा देख्न पाएऔं ।

केही गर्नुपर्छ भन्ने व्यक्ति राष्ट्रिय विभूति थापाले आज तपाई हामी लाई नजर लगाइरहेका छन ।” चिन र भारत जस्ता एशियाको महाशक्ति राष्ट्रको दौडमा रहेको मूलूकले छिमेकीको भूमिमा थिचोमिचो गर्न नहुने पनि मन्त्री भट्टराईको भनाई छ ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य हरिराज अधिकारी, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने ,गोरखा नगरपालिकाका उपप्रमुख बिना कुमारी श्रेष्ठ र वडा नं ४ वडाध्यक्ष खोप बहादुर अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार