आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ए डिभिजनमा जावलाखेलको पहिलो जित

शनिबार, पुष ५ २०७६

सरस्वती क्लब १–० गोलले पराजित
काठमाडौं(जस)–जावलाखेल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १–० गोलले हरायो । जावलाखेलको जितमा ड्याडी जुनियर वाम्वाले गोल गरे । वाम्वाले १०औं मिनेटमा गरेको गोलनै जावलाखेलको जितमा निर्णायक बन्यो ।
जावलाखेलले त्यसपछि पनि लगातार गोलको अवसर बनाएको थियो । सरस्वतीले केही फितला अवसर बनाएपनि गोल गर्न सकेन । यसजितसँगै जावलाखेलले चार अंक बनाएको छ । लिगको पहिलो खेलमा जावलाखेलले ललितपुरकै अर्को टोली थ्रीस्टारलाई बराबरीमा रोकेको थियो । सरस्वतीले भने लगातार दोस्रो हार खेपेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार