आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सानिमा बैंकको ‘सानिमा प्रथम घर कर्जा’

शनिबार, पुष ५ २०७६

काठमाडौं(जस)–आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्र्तगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००५ सम्म बैंकले कर्जा उपलब्ध गराउने छ । ‘सानिमा प्रथम घर कर्जा’ योजनाअन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ ।’
साथै, ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने बैंकले जनाएको छ । आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले ‘सानिमा प्रथम घर कर्जा’ को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । ‘सानिमा प्रथम घर कर्जा’ देशभर रहेका सबै सानिमा बैंकका शाखाहरुबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार