काठमाडौं, ३ पुष । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जे भक्तपुर निवासीयदुनाथ ढुंगेलले आफू जग्गादलालीको फन्दामा परेर ठगिएको गुनासो गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यसबारे जानकारी गराएकाहुन् । ढुंगलले आफूले जापानबाट कमाएर ल्याएको पैसा जग्गादलाली साथीहरुको लहैलहैमा लागेर गुमाउन पुगेको बताएकाहुन् ।
ढुंगेलले लामो समयसम्म रोजगारीको सिलसिलामा जापानमा थिए । जापानमादुःख गरेर ढुंगेलले पैसा कमाएको थाहा पाएपछि आफ्नासाथीहरु राजु वन, रामेश्वरप्रसाद ढुंगेल र यादवप्रसाद तिमल्सिना पछिलागेको उनले विगत सुनाए । ती साथीले जग्गामा लगानीगर्दा तुरुन्तै फाइदाहुने आश्वासन दिएपछि आफूपनि जग्गामा लगानीगर्न ईच्छुक भएको उनले घट्नाक्रम सुनाए । उनकाअनुसार ती ठगहरुले २०६७ सालमा ७६ आना जग्गा किन्ने प्रस्ताव ल्याएका थिए ।
उनले यसरी घट्नालाई सुनाए, ‘त्यसमायदुनाथपनि सहमतभए । प्रतिआना २ लाख ३६ हजार ८ सय ४२ रुपैया एघार पैसाका दरले ७६ आनाको १ करोड ८० लाखमूल्य एकमुष्ट तोकिएको थियो । त्यसलाई चार जनालाई भागलगाउँदाजनही ४५ लाख पर्न आउने भएपछि मेरो भागमा ४५ लाखपरेको थियो । मैले पनि सोही अनुसार रकमबुझाएँ ।’
उनले आवश्यक (४५ लाख) पैसाबुझाउँदा पनिआफ्नो नाममा जग्गा भने ती दलालीहरुले पास नगराएर आफनै नाममा जग्गापास गरेको पनि सुनाए । ‘हामीमध्ये यदुनाथले आफू ठगिएको भनेर आवाज उठाउन थालेपछि २०६८ साल पुस २२ गते कि.नं. १०८५ बाट ५ आना जग्गा यदुनाथ ढुंगेललाई पास गरियो । त्यतिबेला उनीहरुले बाँकीजग्गा पछि दिने अहिले छुट्टै टुक्रा भएकाले यो पास गरिराल्नुस् भनेर यदुनाथलाई भनेका थिए । एक वर्षसम्म थपजग्गा नपाएपछि उनले ७६ आना जग्गामा मलाई किन ५ आनामात्रै दिइयो भन्दापहिला साना–साना टुक्रामा भएको जग्गाअहिले प्लटिङ गर्दा बाटो छुट्ट्याउँदा घट्यो भनेर आलटाल गर्न थालेपछि आपूm गठिएको भन्दैभक्तपुर जिल्ला अदालतपुगे ।’
आफू दिनदाहाडै ठगिएको पर्याप्त कागजी प्रमाणपत्र लिएर जिल्ला अदालत भक्तपुर पुग्दा पनि न्याय नपाएपछि आफू न्यायको खोजीमा सर्वोच्चअदालतसम्म पुगेको पनिउनले सुनाए । तर, सर्वोच्चबाट पनि न्याय नपाएकोले आफू पूनः पाटन पुनरावेदन पुगेको पनिउनले सुनाए । उनले भने,‘पाटन पुनरावेदनले पनिमलाई न्यायदिन सकेन । यसरी वर्षौसम्म अदालतधाउँदा पनि न्याय नपाएपछि म पत्रकार सम्मेलनगर्न वाध्यभएको हुँ ।