मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए पदाधिकारीद्धारा श्रममन्त्रीसँग भेटघाट, वैदेशिक रोजगारमा देखिएका समस्याहरुबारे छलफल

बिहिबार, पुष ३ २०७६

काठमाडौं (जस)–गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका सभापति डा. बद्री केसी लगायतका पदाधिकारीहरुले नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँग बुधबार भेटघाट गरेका छन् । भेटघाटमा पदाधिकारीहरुले नवनियुक्त मन्त्री यादबलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सो भेटघाटमा डा. केसीले गैरआवासीय नेपाली संघले स्थापनाकालदेखी नै वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न नेपाल सरकारलाई विभिन्न चरणहरुमा सल्लाह र सुझाव दिनुका साथै सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्दे आएको अवगत गराए । उनले वैदेशिक रोजगारका क्षेत्रसंग सम्बन्धित संघका प्रमुख उद्देश्यहरु, संघद्वारा नेपाल सरकार संग गरिएका पहलहरु, संघको राहत कोष, हाल सम्म संघले हासिल गरेका उपलब्धीहरु र भविष्यमा नेपाल सरकारले गर्नु पर्ने कार्यहरुबारे अवगत गराए ।
यसरी नै संघका अन्य पदाधिकारीहरुले पनि वैदेशिक रोजगारमा देखिएका समस्याहरुबारे जानकारी गराएका थिए । उपाध्यक्ष डा. केसीले संघको सुझावहरु अनुसार वैदेशिक रोजगारका कतिपय विषयहरुमा नेपाल सरकारको नीति र प्रक्रियाहरुमा सुधार भएकोमा आभार समेत प्रकट गरे । उनले सरकार र संघ वीचको सहकार्यलाई गति दिन एक संयुक्त कार्यदल गठन गर्नमा मन्त्री यादबलाई आग्रह गरे ।
मन्त्री यादबले संघले वैदेशिक रोजगारका क्षेत्रमा संचालन गरेका गतिविधिहरुको प्रशंसा गर्दै भविष्यमा यस क्षेत्रलाई अझ बढी व्यवस्थित तथा मर्या्दित गर्नको लागि नेपाल सरकार सबै सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्न तयार रहेको बताए । संघले राखेका सुझावहरु आफूले अध्ययन गर्ने बताउँदै हाल देखापरेका समस्याहरुलाई समाधान गर्नको लागि पहल गरिने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले नेपालको सुरक्षा प्रणाली संग वैदेशिक रोजगारीमा गएकाहरुलाई जोड्नका लागि सहयोग गर्न संघसँंग अनुरोध गरे ।
भेटघाट कार्यक्रममा संघका उपाध्यक्षहरु डा. बद्री केसी, अर्जुन श्रेष्ठ र सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, एशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, आइसिसि सदस्य विश्वविक्रम राई, ओसेनिया क्षेत्रका पूर्व क्षेत्रीय संयोजक धर्मराज अधिकारी, पूर्व युवा उपसंयोजक लोकराज शर्मा, एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार