शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बरुण–श्रद्धाको स्ट्रिट डान्सरको ट्रेलर सार्वजनिक

बुधबार, पुष २ २०७६

काठमाडौं(जस)–बलिवुडमा अहिलेका अत्यन्त सफल अभिनेता बरुण धवनको नयाँ फिल्म स्ट्रिट डान्सरको ट्रेलर सार्वजनिक भएको छ । थ्रीडीमा बनाइएको यो फिल्मको ट्रेलर अत्यन्त उत्कृष्ट रहेको छ । डान्समा आधारित फिल्ममा बरुण धवन र श्रद्धा कपुरलाई एक अर्काको विरोधीको रुपमा देखाइएको छ ।
फिल्ममा दुवैको द्वन्द देखाइएको छ भने भारत र पाकिस्तानको डान्स प्रतिष्पर्धालाई फिल्ममा मसलाको रुपमा प्रयोग गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा बरुण र श्रद्धाका अलावा नोरा फतेही, प्रभु देवाको समेत अभिनय रहेको छ । आगामी जनवरी २४ मा रिलिज हुने यो फिल्मलाई रिमो डिसुजाले निर्देशन गरेका हुन् । डिसुजाले यस अघि डान्समै आधारित भएर एबीसीडी र एबीसीडी–२ बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार