ललितपुर डर्बीमा थ्रीस्टार र जाउलाखेल बराबरीमा रोकिए
काठमाडौं(जस)–शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले थ्रीस्टारलाई बराबरीमा रोकेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टार र जाउलाखेल गोलसहित बराबरीमा रोकिएका हुन् । ललितपुर डर्बीको रुपमा लिइएको यो खेल दुई क्लबका लागि यस सिजनको पहिलो खेल हो । जावलाखेलका टेकेन्द्र थापा खेलको प्लेयर अफ द म्याच बनेर १० हजार पुरस्कार पाएका छन् ।
बराबरीपछि दुवै टोलीले १–१ अंक जोडेका छन् ।
ए डिभिजन लिगमा मनाङको विजयी शुरुवात
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लबले शसस्त्र प्रहरीको विभागीय टिम एएफसीलाई २–० गोल अन्तरले पराजित गरेको छ । मनाङको जितमा दुवै गोल विमल राना मगरले गरेका छन् । विमल खेलको प्लेयर अफ द म्याच समेत भएका छन् भने उनले १० हजार नगद पुरस्कार समेत जितेका छन् ।