काठमाडौं(जस)–हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’को रिलिज परिवर्तन भएको छ । यस अगाडि चैत ७ गते प्रदर्शन मिति घोषणा भएको फिल्म सरेर २१ चैत पुगेको छ । वितरकसँगको सरसल्लाहमा फिल्मको रिलिज डेट सारिएको निर्देशक पौडेलले जानकारी दिए । आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् । किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहेको ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको हो ।