काठमाडौं, १ पुस । अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले एनआरएन आईसीसी बैठकमा अपशब्द प्रयोग गरेको भन्दै विभिन्न माध्यममा प्रकाशित समाचारप्रति एनआरएनए आइसिसीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइसिी महिला संयोजक भूमा लिम्बुले एक विज्ञप्ति प्रकाशित गर्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १४ डिसेम्बर २०१९ मा भएको ७० औं बैठकको क्रममा अमेरिका क्षेत्रिय संयोजक राजन त्रिपाठीले प्रयोग गरिएको शब्द कुनै पनि पदाधिकारीको मानहानीको लागि प्रयोग नगरिएको र अनौपचारिक कुरा गर्ने क्रममा आफ्नो मोबाइलको माइक्रोफोन शान्त नगरिएको हुनाले उक्त शब्द सार्वजनिक भएको उल्लेख गरेकी छन् । ‘तत् समयमा डा हेमराज शर्माले उक्त बिषमा आफ्नो धारणा राख्न भनिएको थियो र सोहि समयमा त्रिपाठी ज्युले माफी पनि मागी सक्नु भएको छ ्र विभिन्न संचार माध्यमबाट संप्रेषित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ ्र त्यसो त उक्त बैठकमा सार्बजनिक भएको शब्द कसैको जानीबुझी अपहेलनाको लागि प्रयोग नभएको जानकारी गरौँदछौं ’, लिम्बुद्धारा प्रकाशित विज्ञप्तिमा छ ।
प्रेस विज्ञप्ति
वषय : राजन त्रिपाठीको अपशब्द सम्बन्धमा
उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १४ डिसेम्बर २०१९ मा भएको ७० औं बैठकको क्रममा अमेरिका क्षेत्रिय संयोजक राजन त्रिपाठीले प्रयोग गरिएको शब्द कुनै पनि पदाधिकारीको मानहानीको लागि प्रयोग नगरिएको र अनौपचारिक कुरा गर्ने क्रममा आफ्नो मोबाइलको माइक्रो फोन शान्त नगरिएको हुनाले उक्त शब्द सार्वजनिक भएको थियो भने तत् समयमा डा. हेमराज शर्माले उक्त बिषमा आफ्नो धारणा राख्न भनिएको थियो र सोहि समयमा त्रिपाठी ज्युले माफी पनि मागी सक्नु भएको छ | विभिन्न संचार माध्यमबाट संप्रेषित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ | त्यसो त उक्त बैठकमा सार्बजनिक भएको शब्द कसैको जानीबुझी अपहेलनाको लागि प्रयोग नभएको जानकारी गरौँदछौं |
भुमा लिम्बू
महिला संयोजक
NRNA ICC