आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काँग्रेस केन्द्रीय समिति बैठक पौडेल समूहद्वारा बहिस्कार, प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने

सोमबार, मंसिर ३० २०७६

काठमाडौं । पार्टी संस्थापनसँग कुरा नमिलेपछि नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पौडेल समूहले पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ ।

संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ । यसै बिषयमा ठोस धारणा बनाउन पौडेल समूहले अपरान्ह गुटको बैठक बोलाएको छ ।

सोमबार विहान दुई पक्षको वार्ता समितिबीच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए । सिंह निवासमा दुई नेताबीच सहमति हुन नसकेपछि सहमतिको गाँठो फुकाउनको लागि पौडेल निवास बोहराटार पुगेका थिए ।

पौडेल समूहका वार्ता टोलीका सदस्य हृदयराम थानीले दुईपक्षबीच एकमुष्ट प्याकेजमा सहमति हुन नसकेकोले बैठक बहिस्कार गरेको बताए । उनले भने, ‘चौधौं महाधिवेशनको कार्यतालिका ठोसरुपमा बैठकमा प्रस्तुत नगरेसम्म हामी बहिस्कार जारी राख्छौं ।’

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार