काठमाडौं(जस)–नेपाल एसबीआई बैंकले आफ्नो शेयरधनीहरुको २६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सभाले सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १६.८४ प्रतिशतका दरले लाभांश (६५ बोनश शेयर र १०.८४५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाबाट बैंकको आ.व. २०७५र७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५र७६ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
बैंकले आ.व. २०७५र७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’ को आ.व. २०७५र०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त सधारणसभाले आ.व. २०७६र७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफारनियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।