आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पिपिएलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनको विजयी शुरुवात

आइतबार, मंसिर २९ २०७६

काठमाडौं (जस)–आइतबारदेखि पोखरामा शुरु भएको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुवात गरेको छ । काठमाडौँ गोल्डेन्स वारियर्सले दिएको ११६ रनको लक्ष्य पछाएको पोखरा पल्टनले १४.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ । पोखराको जितमा युवा खेलाडी कुशल भुर्तेलले अविजित ६५ रनको उत्कृष्ट पारी खेलेका थिए । कुशलले ४३ बलमा ६५ रन बनाएका थिए । उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । भुर्तेलले पिपिएलको यस सिजनको पहिलो खेलमै पहिलो अर्धशतक प्रहार गरेका छन् । त्यस्तै आसिफ सेखले १४ रन बनाएर आउट भएका थिए । त्यस्तै रविइन्दर सिंहले अविजित ३८ रन बनाएका थिए ।
पोखराको एक विकेट काठमाडौँका बलर सुशान भारीले लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै ११५ रन बनाएको थियो । काठमाडौँका लागि सुबोध भाटीले सर्वा्धिक ४५ रन बनाएका थिए । भाटीले २९ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै गौरव तोमारले ७ बलमा १३ रन बनाएर आउट भएका थिए भने सुशान भारीले ११ रन बनाएका थिए ।
यी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।जयकिशन कोल्सवालाले ९, सुबास खकुरेलले ६, कप्तान ज्ञानेन्द्र मल्लले १, पवन सराफले ६, पृथु बास्कोटाले ७, बसन्त रेग्मीले ८ र अमृत भट्टराईले १ रन बनाएका थिए । पोखरा पल्टनका बलर रसिद खान, ललित राजबंशी र कुशल मल्लले २(२ विकेट लिएका थिए । त्यस्तै प्रथामेस डाके र सर्व्जित लद्दाले एक एक विकेट लिएका थिए । अब प्रतियोगिताको दोस्रो दिन सोमबारको पहिलो खेल बिराटनगर टाइटान्स र धनगढी ब्लुजबीच हुने छ बहने दोस्रो खेल बुटवल ब्लाष्टर्स र काठमाडौँ गोल्डेन्सबीच हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार