काठमाण्डौं(जस)–सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान थुमपाखरमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले बताए।
अहिलेसम्म १४ वटा शव भेटिएको छ, अरु खोजी कार्य भइरहेको छ, दाहालले भने।
दाहालका अनुसार ४० यात्रु सवार बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ। २० गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए।भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनाका घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। हालसम्म मृतकको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रमुख दाहालले बताए।घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार कार्य गरिरहेका छन्।