आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल मेडिकल व्यवसायी सङ्घद्धारा तीन सयको निःशुल्क स्वास्थ्य परीक्षण

आइतबार, मंसिर २९ २०७६

काठमाडौँ(जस)–आप्रवासी कामदार दिवस, २०१९ को सन्दर्भ पारेर नेपाल मेडिकल व्यवसायी सङ्घले शनिबार माछापोखरीमा आयोजना गरेको स्वास्थ्य शिविरबाट झण्डै २९५ ले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा आएका व्यक्तिको रगत, रक्तचापलगायत परीक्षण गरी विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको सङ्घका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिए । स्वस्थ्य शिविरको राष्ट्रियसभा सदस्य उदया शर्माले उद्घाटन गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा वैदेशिक रोजगारी वा स्वदेशमै भए पनि स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा परामर्श दिइएको थियो ।
आप्रवासी कामदार दिवस– २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ । नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २ का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ । आप्रवासी कामदार सप्ताहको अवसर पारेर शनिबार नेपाल स्वास्थ्य व्यवसायी सङ्घले काठमाडौँको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार