बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द

शुक्रबार, मंसिर २७ २०७६

चितवन / मुग्लिन सडक खण्डमा आजदेखि दैनिक ४ घण्टा गाडी चलाउन नपाइने भएको छ ।

सडकमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आजदेखि दुई हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

विश्व बैँकको १२ करोड रुपैयाँको लगानीमा यो सडक खण्डको गाईघाट, अठार किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चार किलो, टोपे खोला र काली खोलामा पहिरो रोकथामका लागि काम गरिने उहाँले बताउनु भयोे ।

कामको अवधिभर नारायणगढबाट मुग्लिनतर्फ छुटेका गाडी पन्ध्र किलो र दासढुङ्गा तथा नारायणगढतर्फ छुटेका गाडी मुग्लिनमा रोकिने खनालले जानकारी दिनुभयो ।

यो सडक खण्डमा यसअघि नै पहिरो रोकथामको काम गर्ने भनिए पनि भरतपुर विमानस्थल मर्मतको काम भइरहेकाले आजबाट मात्रै थाल्न लागिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार