आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

डिएभी स्कूल वीरगंजको २६औं वार्षिकत्सव सम्पन्न

बिहिबार, मंसिर २६ २०७६

काठमाडौँ(जस)–डिएभी स्कूल वीरगंजको २६औं वार्षिकत्सव सम्पन्न भएको छ । नेपालमा यो स्कूल स्थापना गर्ने संस्थापकको रुपमा चिनिने स्वर्गीय शंकरलाल केडियाको ८४औं जन्मजयन्तीको अवसर पारी एक सातादेखि स्कूलले विविध कार्यक्रम गरी यस वर्षको वार्षिक उत्सव मनाएको छ । ६ डिसेम्बर राष्ट्रिय स्तरको वक्तित्वकला प्रतियोगिता, ७ डिसेम्बर विज्ञान प्रदर्शनी तथा मेला, ८ डिसेम्बर खेल दिवस तथा मंगलवार वार्षिक उत्सवको विशेष संस्कृतिक कार्यक्रम तथा प्रशंसा पत्रवितरण गरी कार्यक्रम समापन भएको थियो ।
एक विशेष कार्यक्रममा डिएभीका छात्रछात्राहरुले समाजिक कुरुति हटाउन विभिन्न सन्देश मुलक गीत संगीत प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पुर्याउने विद्यालयका प्रबन्धक दिलिप गुप्ता, शिक्षक सुधीर सिंह, दिपक क्षेत्री, चन्देश्वर साह, अन्जु बर्मा, मुन्ना साह, पलब ठाकुर, कर्मचारी विजय पटेललगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक डा.त्रिदेव उपाध्यायको संयोजनमा समापन भएको कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौंका समाज सेवी चन्द्र केसी, विद्यालयका डाइरेक्टर प्रदिप केडिया, विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डा.विजयकुमार अग्रवाल, डिपिएसका प्रधानाध्यपाक डा. जिएस चौधरी, वीरगंजका व्यवसायी सत्यनारायण मित्तल, घनश्याम दास चाचान, परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेल लगायतको सहभागिता थियो । १९९३ मा स्थापना भएको डिएभी स्कूल वीरगंजमा हाल प्ले समुहदेखि कक्षा १२ सम्म पढाई हुन्छ । जम्मा ६ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् भने ४६ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार