शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

गण्डकी विकास बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा

बिहिबार, मंसिर २६ २०७६

काठमाडौँ(जस)–गण्डकी विकास बैंक लिमिटेडले बुधबारदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको खलंगा शाखाको उद्घाटन गरेको छ भने साथै, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवीको शाखाबाट वित्तीय कारोबारको शुर गरेको छ । यससँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा अध्यक्ष कठायतले जुम्लावासीले पक्कै पनि गण्डकी विकास बैंकका सेवा सुविधाको लाभ लिने विश्वास गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार