काठमाडौं(जस)–सिएमओ ग्लोबल–वल्र्ड मार्केटिङ कग्रेसले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ (ल्भउब िद्यभकत द्यचबलम ीभबमभचकजष्उ ब्धबचम, द्दण्ज्ञढ) बाट सम्मान गरेको छ । गत वर्ष पनि यस कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भैरहेको बताए ।