काठमाडौं(जस)–२०१९ लाई विदाई गर्दै दराजको अन्तिम भव्य किनमेल मेला ‘११.११.’सम्पन्न भएको छ । ११.११. को भव्य सफलता पछि नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, वर्ष को अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२.अभियान यही २६ मंसिर देखी पुष २ सम्म लागू हुनेछ । यस अभियान द्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०५ सम्मको भारी छूट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्ने छन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०५ अथवा रु १,५०० सम्मको छूट पाउनेछन् ।
दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, ‘दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडेको थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि ‘सुपर नोवेम्बर’ नै हुन पुग्यो । त्यसैले हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्य तरिकाले विदाई गर्न चाहान्छौं । र खास गरि ११.११. को फाईदा उठाउन नपाउनुभएकाहरुलाई भनि हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरु लिएर आएका छौँ ।’ दराज सधंै आफ्नो उपभोक्ताहरुलाई कुनै पनि सामान किन्नु अघि बिक्रेता तथा सामानले पाएका प्रतिकृया तथा रेटिङ्गहरु हेर्न सुझाव दिने गर्दछ । यदि सामानको बारेमा थप जानकारी चाहिए बिक्रेता संग प्रतक्ष्य च्याट पनि गर्न सकिन्छ ।