शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान

मंगलबार, मंसिर २४ २०७६

काठमाडौँ(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । अधिवेशनले रिक्त सभामुखको समेत चयन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार