आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हेटौंडामा सिप्रदी ट्रेडिङको थ्रीएस वर्कशप संचालनमा

सोमबार, मंसिर २३ २०७६

काठमाडौं(जस)–नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले हेटौंडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्रा्ष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी कम्पनीका उपाध्यक्षसौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप बिस्तार गरिएको प्रति खुसी व्यक्त गरेका छन् । उनले अटोमोबाइल इन्डष्ट्रीजको भविष्य भनेको नै ग्राहकको खुसी भएकोप्रति जोड दिएका छन् । सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्सप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार