आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

‘कान्तिपुर होलिडेज’ ट्राभल्सले ‘ग्लोवल स्टार अवार्ड’लाई सहयोग गर्ने

बिहिबार, मंसिर १९ २०७६

काठमाडौं(जस)–नेपालकै अग्रणी ट्राभल्स कम्पनीको रुपमा रहेको कान्तिपुर होलिडेजले थाइल्याण्डमा आयोजना हुने ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजनामा सहयोग गर्ने भएको छ । कम्पनीले कार्यक्रममा सहभागी कलाकारहरुको भ्रमण व्यबस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको छ । सहभागी कलाकारहरुलाई थाईलैण्डको बैंकक तथा पटायाका विभिन्न रमणीय स्थानको अवलोकन गराउनुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखेको कान्तिपुर होलिडेजका महाप्रबन्धक हेमराज भट्ले जानकारी दिए । नेपालकै सर्वाधिक गुणस्तरीय ट्राभल्स संस्थाको उपमा पाएकोकान्तिपुर होलिडेजले नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्न लागेको जनाएको छ ।

नेपाली कला, संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागी नेपाली स्रष्टा, सर्जकहरुलाई विश्वव्यापी पहिचानकालागि अंग्रेजी नव वर्ष २०२० को अवसरमा वल्र्डवाइड मिडिया नेटवर्कद्वारा अवार्ड कार्यक्रम आयोजना हुन लागेको हो । अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आश्विन मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अवार्डमा गीत तर्फ नेपाली तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गीतहरुको दर्ता गर्न सकिने छ भने अन्य विधामा समेत नेपालबाट अवार्डका लागी छनौट भएका आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने स्रष्टाहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ । नेपालबाट छनौट भएका करीव ४० जना स्रष्टाहरुलाई थाईलैण्डमा हुने उक्त भव्य कार्यक्रममा अवार्ड प्रदान गरिनुका साथै नेपालका चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार