आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वैरो संघद्धारा ‘फ्रि भीषा फ्रि टिकट र शून्य लागत’ को मुद्दा तुहाइएको भन्ने जस्ता भ्रामक र कपोकल्पित भनाइप्रति खेद प्रकट (विज्ञप्ति)

बुधबार, मंसिर १८ २०७६

काठमाडौँ(जस)– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले फ्रि भीषा फ्रि टिकट र शून्य लागत को मुद्दा तुहाइएको भन्ने जस्ता भ्रामक र कपोकल्पित भनाइप्रति खेद प्रकट गरेको छ । संघका महासचिव सुजित श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरि संघप्रति लगाइएको आरोपको खण्डन गरेका छन् ।

विज्ञप्ति

निबर्तमान अध्यक्ष ज्यु ले संघ ले RBA को ट्रेनिङग गराइ फ्री भीषा फ्री टिकट र शन्यू लागत को मुद्दा तुहाइएको भन्ने जस्ता भ्रामक र कपोकल्पित भनाइ प्रति खेद प्रकट गर्दछु ।
RBA को तालीम नेपाल मा भएको यो चौथौ पटक हो। को कस्को पालामा कस्ले गरायो अनी को को सहभागी थिए भनी राख्नु नपर्ला !!!
Recruitment Agencies हरु लाई कार्यालय व्यवस्थापन र नैतिक भर्ती सम्बन्धि तालीम दिने प्रदायक संस्था हो ‘RBA’। RBA संग करिब १७० वोटा विभिन्न कम्पनी हरु आबद्द छन् जस्ले कामदार को भिसा प्रक्रिया को सम्पूर्ण खर्च बेहोर्छ साथै Recruitment Agency लाई सेवा शुल्क समेत दिन्छ।
कुनै कम्पनी ले Nepalese Recruiting Agency लाई सेवा शुल्क दिई शुन्य लागतमा कामदार लान्छु भन्दा कामदार नपठाउने हो र निर्वतमान अध्यक्ष ज्यू ?
फ्री भीषा फ्री टिकट र शन्यू लागत सरकार ले एक तर्फी रुपमा बिना अध्ययन लागु गरेको मुद्धा संघ का निबर्तमान अध्यक्ष ज्यु ले आम व्यावसायिको जानकारी बिना सर्बोच्च अदालत मा लगेर तुवाइएको अबस्थामा बर्तमान कार्यसमिति ले यो मुद्धा कसरी बोकेर हिड्ने ??
आहिले को अबस्थामा हाम्रो निर्बिकल्प माग भनेको १ महिनाको तलब बराबर को सेवा शुल्क पाउनु पर्छ भन्ने हो र रोजगारदाता कम्पनी ले हवाई टिकट नदिएको खण्डमा कामदार ले टिकेट काटी जान पाउनु पर्छ भन्ने नै हो ।
सुजित श्रेष्ठ,महासचिब नेपाल बैदेशिक रोजगार ब्याबसायि संघ

प्रतिक्रिया
सम्बन्धित समाचार