काठमाडौँ(जस)–जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलतर्फ भारतले नेपाललाई पराजित गर्दै स्वर्ण पदक जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
भारतले पहिलो सेट २५–१७ ले जितेको थियो भने दोस्रो र तेस्रो सेट नेपालले २५–२३ र २५–२१ ले जितेको थियो । त्यस्तै लगतार दुई सेट हारेको भारतले कम्ब्याक गर्दै चौथो सेट २५–२० ले र अन्तिम निर्णायक सेट १५–६ ले जितेर स्वर्ण पदक जितेको थियो ।