काठमाडौं(जस) – १३औं दक्षिण एसियाली खेलकुद (साग)नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन्। उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन्। उनी पाकिस्तानकी साहिदासँग पराजित भइन्। उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन्।