काठमाडौं(जस)–दीपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको गीत ‘टुना मुना’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बिन्दु परियार, मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतको भिडियोमा दुर्गेश थापा र बर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीमा रहेको गीतको भिडियो शिव विकको निर्देशन गरेका हुन् । भिडियो अर्जुन तिवारीले छायाँकन, रक्स कुशलको कोरियोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।