आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उपनिर्वाचन अपडेट : भक्तपुर प्रदेशसभामा कांग्रेसका उमेदवार कृष्णलाल भँडेल विजयी

आइतबार, मंसिर १५ २०७६

काठमाडौँ । भक्तपुरको प्रदेशसभामा नेपाली काँग्रेस विजयी भएको छ । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वाचित भएका छन् ।

भँडेलले नेकपाका उम्मेदवारलाई २२४३ मत अन्तरले पराजित गरेका छन् ।

नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

त्यस्तै राप्रपाका श्याम प्रसाद नेपालले ५७४ मत ल्याएका छन् भने साझा पार्टीका सुरज प्रधानले ३९३ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार