शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

डेभिड वार्नरको टेस्ट क्रिकेट करियरमा पहिलो तेहेरो सतक

शनिबार, मंसिर १४ २०७६

 

काठमाडौँ – अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टेस्ट क्रिकेटमा करियरको पहिलो तेहेरो सतक बनाएका छन् । पूर्व उपकप्तान समेत रहेका वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा तीन सय रन पूरा गरेका हुन् । वार्नरले तीनसय ८९ बलमा तीन सय रन पूरा गरे ।वार्नर तीन सय ३५ रनमा अविजित रहे । वार्नर तेहेरो सतक बनाउने अष्ट्रेलियाका सातौं खेलाडी पनि बनेका छन् । वार्नरको तेहेरो सतकसँगै दोस्रो टेस्टको पहिलो इनिङमा अष्ट्रेलियाले तीन विकेटको क्षतिम पाँच सय ८९ रनको उच्च योगफल बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको छ ।

अष्ट्रेलियाका लागि मार्नुसले एक सय ६२ रनको सतकीय इनिङ खेले । म्याथ्यु वेडले अविजित ३८ रन बनाए । यसैगरी यसै खेलबाट सर्वाधिक छिटो सात हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका पूर्व कप्तान स्टिभ स्मिथ ३६ रनमा आउट भए । पाकिस्तानका शहिन शाह अफ्रिदीले तीन विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार