शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ग्लोबल आइएमई बैंकको एटीएम सेवा विराटनगर महानगरपालिकामा

बिहिबार, मंसिर १२ २०७६

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ । एटीएम सेवाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो । बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार