आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अस्पतालको शैय्याबाट प्रधानमन्त्रीको ट्विट

बिहिबार, मंसिर १२ २०७६

काठमाडौं(जस) – आज बिहिबार विहान १०ः४१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट् गरेका छन। उनी मंगलबार पेट दुखेपछि महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । प्रधानमन्त्रीको सोही दिन एपेन्डिसाइट्सको शल्यक्रिया गरिएको थियो । त्यसयता प्रधानमन्त्री अस्पतालमै छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकहरुले बताएका छन् । यसैबीच उनको स्वास्थ्य अवस्थालाई लिएर जनचासो भइरहेका बेला अस्पतालको शैय्याबाटै प्रधानमन्त्रीले ट्विट् गरेका हुन् । उनले टविटमा आफ्नो स्वास्थयमा सुधार भइरहेको जानकारी दिएका छन । ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन ‘स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार