आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार (विज्ञप्ति)

बुधबार, मंसिर ११ २०७६

काठमाडौँ(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा बुधबार साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’ यसअघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा भएको उल्लेख थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले बुधबार महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।
डा श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा बुधबार सुधार रहेको जानकारी दिएको सभापति देउवाका उनका निजी सहयोगी भानु देउवाले बताए । प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ । स्वास्थ्यमा समस्या आएपछि उन मङ्गलबार बिहान सो सेन्टरमा गएका थिए । एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार