शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रामकुमारले ल्याए ‘कालापानी हाम्रै हो’

मंगलबार, मंसिर १० २०७६

काठमाडौं(जस)–भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि कलाकारले पनि त्यसको विरोधमा धमाधम देशभक्तिका गीतहरु बाहिर ल्याउन थालेका छन् । यस्तैमा गायक रामकुमार कार्कीले पनि देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक गरेका छन् ।

राजेन्द्रकुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय सिर्जना रहेको गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश दिन खोजेको छ । गीतमा रामकुमार कार्की, रामकुमार पौडेल, राजेन्द्रकुमार कार्की, कमला खड्का र पुजा विश्वकर्माको स्वर रहेको छ । मिचिएको सिमाना रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश दिन आफुले ‘कालापानी हाम्रै हो’ गीत बनाएको रामकुमारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार