आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हेमोडायलासिस पछि प्रधानमन्त्री ओली निवास फिर्ता

सोमबार, मंसिर ९ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओली आइतबार नियमित हेमोडायलासिस गरेर आफ्नो निवास बालुवाटार फर्किएका छन् । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको छ ।

चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् ।

प्रधानमन्त्रीको शरीरबाट हानिकारक तत्व फाल्नका लागि मिर्गौलाको कार्यक्षमता चुस्त राख्नुपर्ने हुन्छ । त्यसका लागि दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रत्यारोपण नै उपयुक्त भएको निष्कर्ष उपचारमा संलग्न चिकित्सकले निकालेका छन् । यसका लागि स्वदेशी र विदेशी चिकित्सकसँगको परामर्श जारी राखिएको बताइएको छ ।

ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डले आइतबार अपराह्न अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई डायलासिसपछि डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले दीर्घकालीन समस्या समाधानका लागि प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार