शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

श्रम रोजगार मन्त्री यादवसँग बैरो संघको भेट, व्यवसायीसँग सहकार्य गरेर काम गर्छौ : मन्त्री यादव

आइतबार, मंसिर ८ २०७६

काठमाडौं(जस)–नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले व्यवसायीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् । मन्त्री यादबले आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँग भएको भेटमा आफूले समस्या रहेको बुझेको र केही दिन आन्तरिक तयारीमा लाग्ने भन्दै व्यवसायीलाई बुँदागत रुपमा समस्या लिएर आउन भने । मन्त्री यादवलाई भेट्दै व्यवसायीहरुले अहिले व्यवसाय गर्ने वातावरण नभएको गुनासो गरे । व्यवसायीको गुनासोमा मन्त्री यादवले व्यवसायीसँग सहकार्य गरेर आफूले काम गर्ने वताएको संघका अध्यक्ष बिष्णु गैरेले जानकारी दिए ।

संघले कामदार र व्यवसायीको हित हुने विषय लिएर मन्त्रीसमक्ष जाने संघको तयारी रहेको गैरेले बताए । अध्यक्ष गैरेले व्यवसायीहरुले सदैव सरकारलाई साथ दिएको र अब पनि यसलाई निरन्तरता दिदै सहकार्य तथा छलफलका लागि आफुहरु तयार रहेको प्रतिवद्धता गरेका थिए । नवनियुक्त मन्त्री यादवलाई भेट्न संघका अध्यक्ष बिष्णु गैरे, महासचिब सुजित श्रेष्ठलगाएत संघका पदाधिकारी र सल्लाहकारहरु सहितका व्यवसायी मन्त्रालय पुगेका थिए । आईतबार नै मन्त्री यादबलाई भेट्न प्रगतिशील र गणतान्त्रिक व्यवसायीहरुको समूह पनि मन्त्रालय पुगेको थियो ।

वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान रहेको भन्दै मन्त्री यादवले व्यवसायीका समस्या आफ्नो पनि समस्या भएकाले यसलाई समाधान गर्न मन्त्रालय व्यवसायीहरुसँगै मिलेर काम गर्न तत्पर रहेको बताएका थिए । ‘जबसम्म श्रम मन्त्रालय र मेनपावर व्यवसायीबीच समन्वय र सदासयताको वातावरण बन्दैन तबसम्म हामी कसैलाई यसले फाइदा पु¥याउदैन’ मन्त्री यादबले व्यवसायीहरुसँग भने –‘विगतमा के भयो त्यतातिर नजाऔ, अब मेनपावर व्यवसायीसँग छलफल, समन्वय तथा सहकार्य गरेर अगाडि बढन हामी तयार छौ ।’ सो अवसरमा मन्त्री यादवले वैदेशिक रोजगारीलाई मर्या्दित, व्यवस्थित तथा पारदर्शी बनाउन र कामदारको सुरक्षाको सुनिश्चितता गर्नका लागि सरकारसँगै व्यववसायीहरु पनि प्रतिवद्ध बन्नुपर्ने भन्दै अब सीप सिकाएर मात्र विदेशिने बातावरण बनाउन र स्वदेशमै पनि सीपयुक्त जनशक्ति उत्पादनमा लाग्न मेनपावर व्यवसायीहरुलाई आग्रह गरेका थिए ।


यसअघिका मन्त्री गोकर्ण विष्टले पटक–पटक आग्रह गर्दापनि मेनपावर व्यवसायीसँगको भेटवार्ता र सहकार्यलाई वेवास्था गरेको भन्दै संघका प्रथम उपाध्यक्ष कमल तामाङले वर्तमान मन्त्री यादबले कार्यभार सम्हाल्दै गर्दा व्यवसायीहरुसँगको सहकार्यमा जोड दिनु सकारात्मक पक्ष रहेको बताए । सो अवसरमा संघका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीहरुको छाता संगठन भएको नाताले सहकार्य गर्दै अघि बढन संघ तत्पर रहेको बताए । मन्त्री परिवर्तनसँगै वैदेशिक रोजगार व्यवसायीको टोलीले मन्त्री यादबसँग भेट गरेको हो । संघको नबनिर्वाचित कार्यसमितिले निर्वाचित भएदेखि नै मन्त्रीलाई भेटेर व्यवसायीको कुरा राख्न खोज्दा पूर्वमन्त्री गोकर्ण बिष्टले समय दिएका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार