काठमाडौं(जस)–टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब ( म्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्रा्ष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो ।
ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो। कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो । ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त ग¥यो ।
यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सर सहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ । टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धि बारे बाल्दै टाटा मोटर्स, प्यासेन्जर भेइकलका प्रमुख सुजन रोयले भने, ‘आजको समयमा ग्राहकहरूले सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण मापक मान्दछन् । ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौँ ।’
टाटा नेक्सन भारतमा पूरै फाइभ स्टार रेटिङ पाउने पहिलो कार बन्न सफल भएको छ र कार सेफ्टीमा टाटा नेक्सन सबैभन्दा सुरक्षित कारका रुपमा अगाडि आएको छ । ऐरोडाइनमिक सिलुएट भएको टाटा नेक्सनको स्पोर्र्टी डिजाइन रहेको छ । टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ( एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेडए र पाँचवटा रङ्गहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष (जुन पहिले आउँछ) रहेको कम्पनीले जनाएको छ ।