आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नवीन कलाश्री पुरस्कार मानन्धरलाई

शनिबार, कार्तिक ३० २०७६

काठमाडौँ(जस)–कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले नवीन कलाश्री पुरस्कार पहिलो पटक वरिष्ठ कलाकार किरण मानन्धरलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि रु ५० हजार र ताम्रपत्र रहेको छ । गोपाल श्रेष्ठ संयोजक रहनुभएको प्रतिभा छनौट समितिले वरिष्ठ कलाकार मानन्धरलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । कला क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई प्रत्येक दुई वर्षमा सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष नीरज कायस्थले जानकारी दिए ।
वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले सिर्जना गरेको समुन्द्रसतहदेखि हिमालपारिसम्मको चित्रकला समेटिएको कलायात्रा–७६ को मङ्सिर १ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने प्रदर्शनीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सदस्य केदार धमलाले जानकारी दिए । प्रदर्शनीमा कलाकार कायस्थका पानी एवं एक्रेलिक रङका भूदृश्य र अमूर्त गरी ७६ चित्र रहने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार