आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उद्योगी रुपज्योति रिहा

शुक्रबार, कार्तिक २९ २०७६

काठमाडौं, उद्योगी रुप ज्योतिलाई छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखे पछि उनि रिहा भएका छन् । रिहा भएपछी उनि र उनको छोरीलाई फुलमालाले स्वागत गर्दै दरबारमार्ग परिक्रमा गरिएको छ । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले बताए ।


हामीले मुद्दा नचलाउने निर्णय गरेका छाैं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हाे त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गरेको छौं । मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको हौ । ठगी मुद्दमा उजुरी परेपछि उद्योगी रुपज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । मुद्दा नचल्ने भएपछी उनीहरु रिहा भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार