पार्टीले छान्यो बाँकेमा कर्मठ र सघर्षशील युवा नेतृत्व, कुस्माखर बस्यालले पाए युवा संघ बाँके संयोजकको जिम्मेवारी

नेपालगञ्ज, २९ कात्तिक । नेकपा सम्वद्ध युवा संघ नेपालको चारबर्षअघि नेपालगञ्जमा भएको जिल्ला अधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा वली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह दुईवटा प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए । निर्वाचनमा बरिष्ठ नेता नेपाल निकटका किशोर थापा नेतृत्वको प्यानल विजयी भयो ।

थापा प्यानलबाट सचिवमा कुश्माखर बस्याल अत्याधिक बहुमतले विजयी हुनुभयो । निर्वाचनका समयमा दुई प्यानलबीच तिव्र प्रतिष्पर्धा भएपनि निर्वाचनपछि युवा संघ एकढिक्का भएर राजनीतिक र सामाजिक मुद्धामा अघि बढ्यो । निर्वाचनपछि युवा संघ यो वा त्यो पक्ष र प्यानल नभनी खटियो । युवा संघको नयाँ कार्य समितिले सिक्टाको मुल नहर भत्किएको विषयमा स्थलगत जानकारी लिई अनियमितता विरुद्ध आफुलाई अगाडी उभ्यायो ।

युवा संघलाई बाँकेमा स्थापित गराउन अध्यक्ष किशोर थापासँगै सचिव बस्यालको महत्वपूर्ण भूमिका रह्यो । उनै बस्याललाई एकीकृत राष्ट्रिय युवा संघ बाँकेको संयोजकको जिम्मेवारी दिइएको छ । बस्याल राजनीति सँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर क्रियाशिल नाम हो । हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको राष्ट्रिय युवा संघ बाँकेको संयोजकको जिम्मेवारी पाउपछि सामाजिक सञ्जालमा प्राप्त शुभकामनाले पनि बस्यालको लोकप्रियता देखाउने युवा नेताहरुको बुझाई छ ।

युवा संघका अध्यक्ष थापा केन्द्रीय सदस्य भएपछि बस्याल जिल्ला संयोजक हुनुभएको हो । बस्याल बाल्य उमेरदेखि नै राजनीतिमा चासो राख्नुहुन्थ्यो । नेकपा कोहलपुर नगर कमिटीका सदस्य बस्याल तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य देवराज भारवाट २०६४ सालमा बाँकेमा पार्टी सदस्यता पाउनुभयो । बस्याल बाँकेमा एमाले समस्यामा पर्दा सबैभन्दा अगाडी सम्झने नाम हो, बस्याल संगठन विस्तारमा समेत उहाँको सक्रियता लोभलाग्दो हुने युवाहरु बताउँछन् ।