आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बंगलादेशी राष्ट्रपति हमिद र प्रधानमन्त्री केपी शर्मा ओली बिच शिष्टाचार भेट, यस्तो रह्यो भेटवार्ता

बुधबार, कार्तिक २७ २०७६

काठमाडौं । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओली बिच शिष्टाचार भेट भएको छ।

चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति हमिदले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गरेका थिए।

उनले आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गर्दै छन्।

बिहीबार उनले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै छन्। उनी भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार