शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

चलचित्र ‘मिस्टर नेपाली’ अमेरिकामा प्रिमियर

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौं(जस)–आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ नेपाल भन्दा पहिले अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजित प्रिमियरमा दर्शकको राम्रो साथ पाएको निर्माण युनिटले जनाएको छ । अमेरिकाबाट फर्किएको एक युवाको स्वदेशमा गर्ने संघर्ष कथा बनाइएको फिल्मको प्रिमिएरमा दर्शकले कथा बढी मन पराएका थिए ।
‘प्रिमियर पछि केही दर्शकले विदेशमा बस्ने नेपालीले हेर्नै पर्ने फिल्म बनेको प्रतिक्रिया दिए’ निर्माता प्रेमराज दाहालले भने ‘राष्ट्रियताको कथा भएकोले पनि उनीहरुको चासो देखियो ।’ देव भुषालको निर्देशन रहेको फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म प्रेमराज दाहालले बनाएका हुन् । फिल्ममा भुवन केसीको दोहोरो भूमिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार