काठमाडौँ, २५ कात्तिक । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्। उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।
‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन,’उनले भने, ‘अन्तर्राष्ट्रियकरण गर्यो भने झन् समस्या पैदा हुन्छ।’ उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले तर्क गरे।