काठमाडौँ, २४ कात्तिक । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्समा आज आइतबार अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।
बंगलादेशमा शनिबार सुरु प्रतियोगितामा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग खेल्न लागेको हो ।
खेल ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ ।
आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको नेपाली महिला टिम केही दिनअघि मात्र थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएको थियो ।
पछिल्लो समय निरन्तर अभ्यास रहेको नेपाली महिला टिमले पहिलो एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । पहिलो दिन भएको खेलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ३–० को सोझो सेटमा र माल्दिभ्सले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो ।