नेपालको भूभाग भारतीय नक्शामा भारतले समावेश गरेकोमा नेकपाको प्रवास संगठन प्रबासी नेपाली मञ्च कतार र जनप्रगतिशिल मञ्च कतारको ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडौं, २३ कात्तिक । नेकपाको प्रवास संगठन प्रबासी नेपाली मञ्च कतार र जनप्रगतिशिल मञ्च कतारले नेपालको भूभाग भारतीय नक्शामा भारतले समावेश गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । मञ्चद्धार जारी विज्ञप्तिमा हालै मात्र नेपालका केही भुभाग (कालापानी, लिपुलेख र लिम्पियार) लाई भारतले आफ्नो देशको नक्सामा समाबेश गरि सार्बजनिक गरेकोमा नेकपाको प्रबास संगठन प्रबासी नेपाली मंच कतार र जनप्रगतिशिल मंच कतारको ध्यानाकर्षण भएको जनाइएको छ ।

यस्तो छ विज्ञप्ति :

सयुक्त प्रेस बक्तब्य !
हालै मात्र नेपालका केही भुभाग (कालापानी, लिपुलेख र लिम्पियार) लाई भारतले आफ्नो देशको नक्सामा समाबेश गरि सार्बजनिक गरेकोमा नेकपाको प्रबास संगठन प्रबासी नेपाली मंच कतार र जनप्रगतिशिल मंच कतारको ध्यानाकर्षण भएको छ ।

अंग्रेज़हरुको युद्धले भारतलाई कब्जा गर्‍यो तर नेपालसग हार खाएर भाग्यो । बिस्तारबासी निति स्वरुप नेपाल माथिको यो हवला देश र जनताका लागि किमार्थ मान्य छैन । सौहार्दपुर्ण बाताबरणमा राजनीतिक बहस बाट नै यस्को अन्त्य होस भन्ने चाहान्छौ । यदि नेपाल माथिको स्वाभिमानलाई कुल्चेर जबर्जस्ति हस्तक्षेप गर्छ भने प्रबासबाट हामी नेपाली प्रतिकारमा उत्रिन तयार छौ । जसरी अंग्रेज़लाई नेपाल बाट भएका थियौ त्यसै गरि भगाउन नपरोस । बर्षौदेखिको नेपाल-भारतको सम्बन्धलाई सकेसम्म राम्रै बनाउन कोसिस गरियोस ।

यस बिषयमा नेपाल सरकारसग हामी प्रबासमा रहेका नेपालीहरुको सत प्रतिशत साथ र सहयोग रहनेमा ढुक्क रहन आग्रह गर्दै तुरुन्तै समस्या समाधानका लागि चाडो भन्दा चाडो आधिकारिक निर्णय सहित अगाडी बढ्न आग्रह गर्दछौ ।

हार्दिक अभिबादन सहित !

चानक पोखरेल
प्रबासी नेपाली एकता मंच कतार