प्रबासी नेपाली एकता मंच कतारद्वारा शुभकामना एबम चियापान कार्यक्रम सम्पन्न

काठमाडौं (जस)– नेपालीहरुको बिशेष मौलिकता बोकेको चाडपर्वहरुलाइ केन्द्रित गरेर बिहिबार नेकपा पार्टीका प्रबास संगठनले बृहत रुपमा चियापान एबम शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । चानक पोखरेलको सभापतित्वमा सुरुवात गरिएको कार्यक्रममा प्रबासी नेपाली मंचका सस्थापक अध्यक्ष कमलमणि गुरागाइ, पुर्ब अध्यक्ष रामहरि गैरे, जनप्रगतिशिल मंचका संयोजक रकमध्वोज राई, NRNA- ICC का सल्लाहकार टिबि कार्की, ICC सदस्यहरु, NRNA Ncc कतारका अध्यक्ष मोहम्मद मुक्तदा लगायत पदाधिकारीहरु, राजनीतिक एबम सामाजिक सस्थाका प्रतिनिधि लगायत संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए मध्यपुर्ब युवा संयोजक राज रेग्मीको पनि उपस्थिती रहेको थियो ।


कार्यक्रममा प्रबासी नेपाली मंचका उपाध्यक्ष द्रोण बस्नेतले स्वागत मन्तव्य गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक एबम बैचारिक सस्थाका प्रतिनिधिहरुले आफ्नो मन्तव्यद्वारा देशको समसामयिक बिषयबस्तु माथी आफ्नो बिचार राखेका थिए ।

कार्यक्रममा सभापति चानक पोखरेलले उपस्थित सबैलाई मन्तव्य मार्फत सम्बोधन गरि कार्यक्रमको उद्देश्यका बारेमा चर्चा गरेका थिए । पोखरेलले भर्खरै सम्पन्न नेपालीहरुको महान चाडहरु दशैँ तिहार नेपाल सम्बत छठ पर्बले सबै नेपालीको उत्तरोत्तर प्रगतिको शुभकामना दिदै कतारमा रहेका सबै नेपालि दाजुभाई दिदीबहिनीहरु सधैँ सहकार्य गरेर अगाडी बढन आग्रह गरे । पोखरेलले कतारमा रहेका सबै संघ सँस्था एकजुट भएर नेपालीहरुको समस्या समाधानका लागि जुट्नुपर्ने जनाउदै भर्खरै बैदेशिक रोजगार विभागले ल्याएको पुन श्रम स्विकिर्तिको नियम तत्काल खारेज गर्नुपर्ने बताए ।