सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रपति भण्डारीद्वारा चलचित्र महोत्सव उद्घाटन

बिहिबार, कार्तिक २१ २०७६

काठमाडौं (जस)–‘तराई पहाड हिमालको उत्सव’ नारा सहित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजबाट वीरगन्जमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच उद्घाटन गरेको महोत्सव कार्तिक २३ अर्थात दिनसम्म चल्नेछ । कार्यक्रममा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत दर्जन बढी नेपाली कलाकार तथा बलिउड अभिनेता गोविदाको समेत उपस्थिति रहेको थियो ।
वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित महोत्सवको आज पहिले दिन बिहान घण्टाघर चोकदेखि महोत्सव स्थल रङ्गशाला चोकसम्म प्रभातफेरी समेत गरिएको थियो । सो अवसरमा नीर शाह, भुवन केसी, झरना थापा, दीपकराज गिरी, दिपाश्री निरौला निरुता सिंह, वर्षा शिवाकोटी, सरोज खनाल, बसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा कलाकारको उपस्थिति रहेको थियो । महोत्सव कात्तिक २१, २२ र २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार